पर्साका तीनसहित २६ अस्पताल सम्मानित

काठमाडाैं | असार २१, २०७९

पर्साका तीनसहित २६ अस्पताल सम्मानित


पर्सा:   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वीरगञ्जका वीरगञ्ज हेल्थकेयर अस्पताल, नेशनल मेडिकल कलेज तथा दृष्टि आँखा अस्पताल प्रशंसापत्रसहित सम्मान गरेको छ ।  

 

मन्त्रालयसँग  ‘स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा’ सञ्चालन गर्न सम्झौता गरेका देशभरिका १२६  अस्पतालमध्ये ती अस्पताल सहित अन्य २६ अस्पताल सम्मानित भएका हुन् । सूचना प्रविधि प्रणालीमार्फत सामाजिक सुरक्षा कोषसँग आबद्ध भई कोषका स्वास्थ्य सुविधा योजना प्रदान गरेवापत अस्पताललाई सम्मान गरिएको हो ।  

 

सम्मानित हुनेमा झापाका तीन, मोरङका चार, सुनसरीका एक, सप्तरीका एक, सर्लाहीका एक, चितवनका एक, रूपन्देहीका एक, बाँकेका दुई, काभ्रेपलाञ्चोकका एक, काठमाडौँका छ, ललितपुरका एक, कास्कीका एक अस्पताल छन् । 

 

यो कार्यक्रम लागू भएपछि कोषमा दर्ता भएका योगदानकर्ताले तोकिएका अस्पतालबाट उपचार सेवामा ८० प्रतिशत छुट पाउँछन् । अस्पतालले सो ८० प्रतिशत भुक्तानी मन्त्रालयबाट पाउँछन् । सामाजिक सुरक्षा कोषअनुसार सूचीकरण भएका हरेक रोजगारदाता र योगदानकर्तालाई कोषले सामाजिक सुरक्षा नम्बर प्रदान गर्दछ र सोही नम्बरमा जम्मा हुनेगरी प्रत्येक महिनाको १५ गतेभित्र रोजगारदाताको तर्फबाट आधारभूत पारिश्रमिकको २० प्रतिशत र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत रकम कट्टा गरी कोषमा अनलाइन भुक्तानी प्रणालीमार्फत रकम जम्मा गर्नुपर्ने नियम छ । 

 

विसं २०७५ मङ्सिर ११ गतेदेखि सञ्चालनमा आएको यो कार्यक्रमबाट हालसम्म करिब ३२ हजार श्रमिकले कोषले प्रदान गर्ने विभिन्न सुविधा लिइसकेका छन् भने करिब १२ हजार जनाले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गतका सुविधा, ७३४ जनाले दुर्घटना तथा अशक्त सुविधा, २२४ जनाले आश्रित परिवार सुविधा र १९ हजारले वृद्धावस्था सुविधा लिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा योगदानकर्ताबाट करिब रु २० अर्ब रकम जम्मा भएको छ भने योगदानकर्तालाई रु एक अर्ब ५७ करोड भुक्तानी गरिसकिएको जनाइएको छ । 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्